Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेट कार्यान्वयनमा काठमाडौं महानगरले गर्‍यो पाँच वर्षयताकै सुधार

मंगलबार, असार २५, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेको छ । काठमाडौं महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो ।

यस्तै महानगरले चालु खर्च ६४.४ प्रतिशत गरेको छ । चालु खर्चतर्फ ९ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा महानगरले ५ अर्ब ८३ करोड खर्च गरेको हो । महानगरले चालु आव पूँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ । १५ अर्ब १० करोड १० लाख छुट्याएकोमा खर्च ६ अर्ब ३९ करोड ६१ लाख अर्थात् ४२.३५ प्रतिशत खर्च गरेको हो ।

महानगरका अनुसार गत आव २०७९/८० मा २२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको काठमाडौंले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो । यो ४०.४ प्रतिशत मात्रै हो । अघिल्लो आव २०७८/७९ मा काठमाडौं महानगरले ४४.३ प्रतिशत मात्रै खर्च गरेको थियो । १६ अर्ब ५२ करोड बजेट ल्याएकोमा ७ अर्ब ३१ करोड मात्रै खर्च गर्न सकेको थियो ।२०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाख बजेट विनियोजन गरेकोमा ५ अर्ब ७० करोड अर्थात् ३६.७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । त्यस्तै २०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएकोमा ६ अर्ब ४५ करोड अर्थात् ४९.७ प्रतिशत खर्च भएको थियो ।

खर्च नहुँदैमा बजेट कार्यान्वयन नहुने भन्ने होइन : महानगर

काठमाडौं महानगरपालिकाका वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले खर्च वृद्धि हुनुको कारण महानगरले बोलपत्र मूल्यांकन समिति थपेर काम गर्दाको नतिजा रहेको बताए । ‘अघिल्ला आवहरूको बोलपत्र आह्वान हुँदा एउटा बोलपत्र मूल्यांकन समिति हुन्थ्यो, अहिले पाँच वटा समिति छ । त्यसैले पनि ठेक्का बढेकाले खर्च बढेको हो,’ अधिकारीले भने । उनले यो वर्ष महानगरको प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढाएर विकासे काम बढाउँदा पनि चालु आवमा खर्च बढेको बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार महानगरले बजेट योजनाबद्ध र शीर्षगत रूपमा विनियोजन गरेर काम गर्दा खर्च बढाउन सकेको बताउँछन् । महानगर प्रवक्ता नविन मानन्धरले ‘टिम स्पिरिटले काम गर्दा खर्च बढाउन सकेको बताए ।

पूँजीगत खर्च पनि वृद्धि

काठमाडौं महानगरले पाँच वर्षअघि २०७६/७७ मा ७७ प्रतिशत चालु खर्च भएकोमा २०८०/८१ मा यो दर ६४ प्रतिशतमा झारेको छ । यस्तै २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ र २०७९/८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा भने ठूलो अन्तरमा वृद्धि गरेको छ । यो पटक महानगरले १६ प्रतिशत खर्च वृद्धि गरेको छ । ०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएको थियो । जबकि, १२ अर्ब ३५ करोड २७ लाख रुपैयाँ खर्च चालु आवमा गरेको हो ।

बेरुजु सम्परीक्षण
महानगरको आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड बेरुजु रहेकोमा २०७४/७५ मा ६९ प्रतिशतले कमी आएर ३४ करोड रुपैयाँ मात्र बेरुजु रहेको थियो ।

तत्पश्चात २०७५र७६ मा अघिल्लो वर्षको तुलनामा ३२० प्रतिशतले वृद्धि भएको बेरुजु आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६१ प्रतिशतले कमी भई २६ करोड रुपैयाँ मात्र कायम रहेको छ ।

IMG-20240709-WA0000-1720540733.jpg
 

IMG-20240709-WA0001-1720540733.jpg
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्