Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेशका पूर्वमन्त्री यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, साढे तीन करोड जरिवाना

बुधबार, असार २६, २०८१

काठमाडौं-  विशेष अदालतले मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष १ महिना कैद गरेको छ।

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा विनियोजन भएको बजेट हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितलाई मुद्दा दायर गरेको थियो ।

आरोपितमध्ये विशेषले पाँच जनालाई दोषी ठहर गरेको थियो। अदालतले मंगलबार सजाय निर्धारण गरेको हो। अदालतले यादवलाई तीन करोड ५९ लाख ६६ हजार ६०० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

यस्तै, अदालतले रेवती प्रसाद पन्त ८ वर्ष कैद र तीन करोड ५९ लाख ६६ हजार ६०० रुपैयाँ जरिवाना गरेको छ। यस्तै, नवराज भण्डारी, देवेन्द्र राय र निरज भण्डारी जनही ८ वर्ष कैद र तीन करोड ५९ लाख ६६ हजार ६०० रुपैयाँ जरिवानाको फैसला गरेको छ।

अदालतले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदको नाममा रहेको सर्लाहीको लालबन्दी नगरपालिकाको ९ कट्ठा जग्गा पनि जफतको फैसला गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्