Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक बस्दै

बुधबार, असार २६, २०८१

काठमाडौ - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै,बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले सचिवालय बैठक बस्दै
बिहीबार, भदौ १३, २०८१

एमाले सचिवालय बैठक बस्दै
बिहीबार, साउन १७, २०८१

एमाले सचिवालय बैठक बस्दै
मंगलबार, असार २५, २०८१