Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

बुधबार, असार २६, २०८१

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । न्यू जर्सीमा बुधवार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो । खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए । खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् । मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् । अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोपछि दोस्रो नम्बरमा छन् । अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्