Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा पहिरोले घर पुरिँदा छोराको मृत्यु, आमाको सकुशल उद्दार

बुधबार, असार २६, २०८१

कास्की - पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए । 

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।  

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्