Nic Ad Nic Ad
Nic Ad Nic Ad
आलोपालो सरकार 

अहिले कांग्रेसले लिएका मन्त्रालय, देउवाका पालामा एमालेले लिने सहमति 

बुधबार, असार २६, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिमा सरकार चलाउने समझदारीसँगै मन्त्रालय बाँडफाँटको विषयमा पनि कुराकानी टुंगो लागेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो सरकार बन्दा कांग्रेसले लिएका मन्त्रालय पछि शेरबहादुर देउवा नेतृत्वमा एमालेले लिने सैद्धान्तिक समझादारी बनेको उच्च स्रोतले जनाएको छ।

राष्ट्रिय सहमतिको सरकार भनेका कारण सहभागी हुने दलहरूलाई दिएबाहेकका मन्त्रालयमा कांग्रेस र एमालेको भागवन्डा हुनेछ। ति मध्य प्रमुख र महत्वपूर्ण मन्त्रालय दुई दलले राख्नेछन्।

एमालेले प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय लिने संकेत गरेको छ। यसबाहेकका मन्त्रालयमा टुंगो लाग्न बाँकी नै छ। आन्तरिक छलफल चलिरहेका छन्। कांग्रेसले भने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा आफ्ना नेता पठाउनेछ। 

तत्काल माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने सम्भावना छैन। यीबाहेक नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी हुनेछैन। 

जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सरकारमा सहभागी हुन राजी छन्। जनमत पार्टी स्पष्ट नखुले पनि सरकारमा सहभागी हुन सक्ने आँकलन गरिएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी हुने भएको छ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्