Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिले सहकारीपीडितसँग छलफल गर्ने 

बुधबार, असार २६, २०८१
samridhi jewllers

सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले छलफलका लागि सहकारीपीडितलाई बोलाएको छ । सिंहदरबारमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्रभित्र रहेको २९ सहित अन्य सहकारीमा जोडिएका पीडितबाट पनि प्रतिनिधिमूलक ढंगबाट छलफलका लागि आमन्त्रण गरिएको सभापति सूर्य थापाले जानकारी दिए ।

पीडितसँग छलफल गरेर सहकारीमा देखिएका समस्याबारे जानकारी लिइने उनको भनाइ छ । समितिले मंगलबार सहकारी समस्याबारे ०७२ पछिका सहकारी विभागका रजिस्ट्रारहरूलाई बोलाएर छलफल गरेको थियो ।

छलफलमा पूर्वरजिस्ट्रारहरूले ०७४ पछि नियमनको काम शून्य भएको र नियमनको काम अत्यन्त कमजोर भएका कारण समस्या विकराल भएको निष्कर्ष सुनाएका थिए । नियमनका लागि विभागलाई कानुनी रूपमा धेरै अधिकार नभएको र संरचनागत व्यवस्थापनअनुरूप काम नहुँदा पनि समस्या आएको उनीहरूले सुनाएको थापाले बताए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्