Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

बुधबार, असार २६, २०८१
samridhi jewllers

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान  एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन् ।
 
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्