Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपथ्य

अन्जनाको राजीनामाले नेपथ्यमा चलाएको बहसः राप्रपामा नेताहरू कुन कित्तामा उभिए?

बुधबार, असार २६, २०८१

काठमाडौं– प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले दिएको राजीनामा फिर्ता भएको छ। उनले सामाजिक सञ्जालमार्फत नै महामन्त्री राजेन्द्र गुरुङलाई सम्बोधन गरी राजीनामा फिर्ता गरेको जनाएकी छन्। 

samridhi jewllers

तर उनको राजीनामाले नेपथ्यमा माउ पार्टी राप्रपाभित्र दुईवटा बहस चलाएको थियो। पहिलो राजीनामा वैधानिक हिसाबले आएको थिएन भने दोस्रोचाहिँ अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाबमा राखेको थियो। 

महिला संगठनको प्रमुखले राजीनामा दिँदा सोही संगठनकी उपाध्यक्षलाई दिने वैधानिक प्रावधान रहेका कारण राजीनामा स्वीकृत हुने सम्भावना थिएन। 

अध्यक्ष लिङ्देन राजीनामा स्वीकृत गर्ने पक्षमा उभिए पनि नेताहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीसहितका बहुमत सिनियर नेता

राजीनामाको स्वीकृतको विपक्षमा उभिएका थिए। यहाँसम्मकी महिला संगठन हाँकी सकेकी कुन्ती शाही पनि रावलको राजीनामा स्वीकृतिको विपक्षमा उभिइन्। 

‘उहाँ जत्तिको मानिसको राजीनामा फिर्ता नगराए संगठन कसले चलाउँछ भन्ने बहस भयो, बहुमत नेताहरू विपक्षमा उभिनुभयो’, उच्च स्रोतले भन्यो,‘यसैकारण सल्लाहका आधारमा राजीनामा फिर्ता गराइएको हो।’
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्