Nic Ad Nic Ad
Nic Ad Nic Ad

यमल बने युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी

बुधबार, असार २६, २०८१

काठमाडौं- स्पेनिस विंगर लामिन यमल युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै यमल गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन्। खेलको २१ औं मिनेटमा फ्रान्सका गोलकिपर माइक माइग्नानको पासमा १६ वर्षीय यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए।

त्यसअघि खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। यमल १६ वर्ष ३६२ दिनका छन्। यसअघि सन् २००४ को युरोकपमा स्विट्जरल्यान्डका जोहान भोनलन्थेन (१८ वर्ष १४१ दिन)ले फ्रान्सविरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए। यमलले गोल गरेको चार मिनेटपछि डानी ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो।

स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्