Nic Ad Nic Ad
Nic Ad Nic Ad

पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

बुधबार, असार २६, २०८१

काठमाडौँ - अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो ।

बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्