Nic Ad Nic Ad
Nic Ad Nic Ad

गर्भवती भएको टिप्पणीप्रति यस्तो छ अभिनेत्री बर्षा राउतको उत्तर 

बुधबार, असार २६, २०८१

काठमाडौं– पेट पुट्ट देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेत्री बर्षा राउत गर्भवती भएको खबर सनसनी भयो। 

उनलाई शुभेच्छुक आफन्तले पनि निरन्तर बधाई दिएका थिए। सेतो सर्ट र हरियो गाउनको यो तस्बिर भाइरल भएपछि गसिप पनि प्रकाशित भएका थिए। 

बारम्बारको बधाईको ओइरो थुप्रिएपछि अभिनेत्री राउतले यसको प्रष्टीकरण पनि दिएकी छन्। आमासँगको च्याटको स्क्रिन सर्ट समेत राखेर उनले उत्तर दिनु परेको हो। 

राउत भन्छिन्– सबैजना शान्त हुनुस् म गर्भवती भएकी छैन। कतिपयले मिडियामा हराइरहेका बेला चर्चा र गसिपमा आउनका लागि राउतले यसो गरेको हुने लख काटेका छन्।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्