Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तर प्रदेशमा भएको दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाइते

बुधबार, असार २६, २०८१

काठमाडौँ– भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु घएको छ । घटनामा १९ जना घाइते भएका छन् ।

आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो ।

समाचार एजेन्सी पीटीआईले स्लीपर बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ । गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्