Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरो र बाढीले नेपाल-चीन सीमामा पर्यटकसहित १३० जना फसे

बुधबार, असार २६, २०८१

काठमाडाैं - अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण नेपाल र चीनको सीमामा रहेको दुर्गम हिमाली क्षेत्रमा पर्यटकसहित १३० जनाभन्दा बढी फसेका छन् ।

त्यहाँ हालसम्म ३४२ जना अलपत्र परेकाहरूलाई उद्धारकर्ताहरूले अन्य सहरहरूमा सारेका छन् ।

तर, अवरूद्ध सडक, वर्षा र लामो दुरी तथा शारीरिक शक्तिको कमीको कारण करिब २,००० मिटरको उचाइमा रहेको झेन्टाङ वरपरको क्षेत्रमा पर्यटकसहित कम्तीमा १३० जना अझै फसेका छन्।

बिहीबारसम्म यस क्षेत्रमा आँधीबेहरीले उद्धार कार्यमा  कठिनाई सिर्जना गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्