Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्थिरता र बार्गेनिङ रोक्न काँग्रेससँग मिल्यौँ : ओली

बुधबार, असार २६, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा काँग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे ब्रिफिङ गरेका छन् ।

च्यासलमा जारी बैठकको सुरुमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पारे । अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो । निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराए ।

राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उनको भनाइ छ । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताए ।

प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको उनले प्रस्ट्याएका छन् । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उनले चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्