Nic Ad Nic Ad
Nic Ad Nic Ad
कांग्रेस–एमाले गठबन्धन 

नयाँलाई मन्त्रीमा मौका दिन ‘उपप्रधानमन्त्री’ नराख्ने सहमति खोज्दै देउवा–ओली

बुधबार, असार २६, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा मन्त्रीहरू नयाँ अनुहार ल्याउने पक्षमा उभिएका छन्। 

त्यसका लागि पुरानालाई रोक्न ‘उपप्रधानमन्त्री’ पद नराख्ने सहमतिको विन्दु बन्न सक्ने कांग्रेस–एमालेका नेता सक्रिय छन्।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त नगरेपछि कांग्रेस–एमाले गठबन्धको सहमतिअनुसार ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। 

ओली नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नराखी तत्कालिन राष्ट्रिय सहमतिको सरकारमा गिरीजाप्रसाद कोइरालाले जसरी नै चलाउने तयारीअनुसार छलफल चलेको कांग्रेसका एक नेताले बताए। 

‘यसो हुँदा सिनियर नेता सरकारमा मन्त्रीका लागि चासो देखाउन लागि पर्ने छैनन्, अहिलेसम्म मन्त्री नभएका युवा अनुहार आउने सम्भावना बलियो रहन्छ’, कांग्रेस नेता मिन विश्वकर्माले भने,‘कांग्रेसबाट पनि अहिलेसम्म मौका नपाएकालाई मन्त्री बनाउने तयारी रहेको छ।’

एमालेले पनि बुधबारको बैठकमा सरकारमा काम गर्न सक्ने, जान्ने युवा अनुहारलाई नै मौका दिने तयारी गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमाले पनि नयाँ र काम गर्न सक्नेलाई सरकारमा लैजाने निचोडमा पुगेको छ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्