Nic Ad Nic Ad
Nic Ad Nic Ad

एटीएम फोडेर पैसा चोर्न खोज्ने दुई जना पक्राउ

बुधबार, असार २६, २०८१

काठमाडौँ- काठमाडौँमा माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३, रूद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्