Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने रविलाई मेरो शैली मन पर्दैन : मुकुल ढकाल

बुधबार, असार २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाएका छन् ।

उनले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम रवि लामिछानेबाट भएको बताए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने, “अहिले धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?”

उनले महामन्त्रीलाई बालक र ‘अपरिपक्व’ भन्ने प्रमाणित गर्न बन्द कोठामा बैठक बसेर लाइभ नगरिएको बताए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्