Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्विप

बुधबार, असार २६, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।

 

मुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्