Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय दलमा प्रधानमन्त्रीले भने- ओलीले ढाँटछल गरे

बुधबार, असार २६, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । उनले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका छन् ।

बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको सञ्चारकर्मीलाई जानकारी गराए । १७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भए पनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘१७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो । बाहिर आएका समाचार झूटा हुन् । दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपी जी ३ जना बसौँ भन्दै हुनहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’

काँग्रेस एमालेबीचको सहमति सार्वजनिक गर्नुपर्नेबारे पनि बैठकमा कुरो उठेको छ ।

संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने त्यसका लागि सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन सबै दल र स्वतन्त्र सांसदलाई आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्