Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकुलको आरोप- रविले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्

बुधबार, असार २६, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निवर्तमान महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका छन् ।

रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यसहितका पदबाट कारबाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । उनले भने, ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन् ।’

उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए ।

उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्