Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तस्करी प्रकरणमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग

बुधबार, असार २६, २०८१

काठमाडौँ- ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको छ ।

प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र रूपक भण्डारीसँग ९५ लाख रुपैयाँ धरौटी मागिएको छ । ब्रेक सुमार्फत भएको सुन तस्करीमा केन्द्रीय अनुसन्धान ब्युरोले दोस्रो चरणको अनुसन्धान गरेको थियो।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्