Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

बुधबार, असार २६, २०८१

काठमाडौँ- स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्