Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

बुधबार, असार २६, २०८१

बुटवल– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । 

महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ । काँग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्