Nic Ad Nic Ad
Nic Ad Nic Ad

इच्छाकामनाको मौवाखोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

बिहीबार, असार २७, २०८१

चितवन - चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खसेको छ । बिहान ५ बजे माथिबाट खसेको लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ  ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्