Nic Ad Nic Ad
Nic Ad Nic Ad

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

बिहीबार, असार २७, २०८१

काठमाडौं – उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

कोलम्बियालाई खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्