Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुर अस्पतालमा एमआरआई सेवा

बिहीबार, असार २७, २०८१

चितवन–  चितवनको भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उपकरण सञ्चालनमा ल्याउन लागिएको हो ।


प्रा. डा. पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको  २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य  परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।


अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।

अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ ।  अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्