Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

बिहीबार, असार २७, २०८१

काठमाडौं - समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी दलहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिए । मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको उनले बताए ।

छलफमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी थिए ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो । नेकपा एमालेले एकाएक नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने समझदारी गरेपछि राजनीतिमा तरंग पैदा भएको छ ।


 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्