Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकतर्फी खुल्यो अवरुद्ध पृथ्वीराजमार्ग

बिहीबार, असार २७, २०८१

 काठमाडाैं - पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी बताइन।

उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्