Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेन र श्रीलंकाली राजदूत पाथिरानाबीच भेट, कोलम्बो-भैरहवा हवाई उडान गर्नुपर्नेमा जोड

बिहीबार, असार २७, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन्।


मेयर शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय विमान सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए। त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका छन्।

भेटमा काठमाडौं र कोलम्बोबीच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगायत विषयमा कुराकानी भएको छ।

मेयर शाहले सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगरबीचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखेका छन्। ‘दुई देशबीच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ। कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिबीचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ। मानव संशाधन विकासदेखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ,’ उनले भने।

भेटका क्रममा राजदूत पाथिरानाले महानगरपालिकाले आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्यशैलीको आफू प्रशंशक भएको प्रतिक्रिया दिएका छन्।

वुद्धकालदेखि नेपाल र श्रीलंकाबीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देशबीच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्