Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

बिहीबार, असार २७, २०८१

बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँ कायम भएकाे छ । बुधबार चाँदी तोलामा एक हजार ८७० रुपैयाँ खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्