Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाल स्याहार, फार्मेसी लगायतका सुविधाले मजदुर तथा कर्मचारीको कार्यसम्पादन र जीवनशैलिमा फरक पार्छ

बिहीबार, असार २७, २०८१

अभिभावकहरू दिनभर काममा व्यस्त रहदा त्यो समयमा आफ्ना बालबच्चाहरूको स्याहारसुसार के हुन्छ ? यो प्रश्न अभिभावकको मात्र होइन, उनीहरूले काम गरिरहेको संस्थाको पनि हुनु पर्छ । मजदुर तथा कर्मचारीहरूले आफ्नो बालबच्चाको हेरचाहमा पुर्याउने पर्ने ध्यानलाई उनीहरू कार्यरत संस्थाले व्यवस्थित गर्दा संस्थाप्रतिको इमान्दारितामा पनि वृद्धि हुन्छ । 

हामीले रिलायन्स स्पिनिङ मिल्सका मजदुर कर्मचारीहरूसँग कुरा गर्दा उनीहरूले राखेको विचारको साराशं हुन् यी । 

मजदुर कर्मचारीहरूको यो विचारसँग रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापकहरू पनि सहमत छन् । मिल्सले आफ्नो परिवेशमा उद्योगमा काम गरिरहेका मजदुर कर्मचारीहरूका लागि बालबच्चा स्याहारसुसार केन्द्र पनि खोलेको छ, जहाँ केटाकेटीहरू विभिन्न खेलहरू खेल्ने अवसरसहित उचित स्याहारसुसार पाउँछन् ।

चार हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको रिलायन्स स्पिनिङ मिल्समा करिब १५०० कर्मचारी र श्रमिकहरू सुविधासहित कम्पाउन्डमा नै बस्छन् । रिलायन्स स्पिनिङका स्टाफका लागि फार्मेसी र डाक्टरको उचित सुविधा, विभिन्न खेलकुद सुविधाहरु उपलब्ध छन् । मजदुर कर्मचारीको हकहीत र उनीहरूको परिवारप्रतिको दायीत्वको विचार गर्ने हो भने संस्थाहरूले यस्तो कार्य गर्न जरूरी हुन्छ । रिलायन्स स्पिनिङ मिल्सका धेरैका लागि अनुकरणीय हुन सक्छ । 

संसदमा पनि उठेका छन् यस्ता बिषय

सांसद तोसिमा कार्कीले मिति २०८१ असार १० मा कार्यस्थल लैंगिकमैत्री हुनु पर्ने बिषय संसदमा उठान गरेकी थिइन् । उनले भनेकी थिइन्, 'बराबर तलब, स्रोत साधनमा बराबर पहुँच, कार्यस्थलमा हुने दुर्व्यवहार र विभेदको अन्त्य लगायत धेरै कुरामा सुधार गर्न जरुरी छ ।'

यसका लागि उनले सिंहदरबारको उदाहरण दिदै भनिन्, 'सिंहदरबार परिसर भित्र महिला तथा बालबालिका मन्त्रालय अन्तरगत रहेको शिशु स्याहार केन्द्रमा निजामति कर्मचारीका ७५ जना शिशुहरु राख्ने गरिएको छ जहाँ एकै आयाले धेरै बच्चा हेर्नुपर्ने स्थिति छ । कर्मचारी थप्नुपर्ने, बच्चाको लागि खेल्ने ठाउँ बनाउनुपर्ने र देशकै नमुना शिशु स्याहार केन्द्र हुनुपर्नेमा यसपालि झन् बजेट घटाईयो । जसकारण कर्मचारीहरुले दोब्बर दस्तुर तिर्नुपर्ने अवस्था आएको छ । आफ्नो बच्चाको लिटो काटेर बजेट घटाइएकोले महिला कर्मचारीहरु हतोत्साहित भएका छन् । यसको यथाशिग्र आवश्यक व्यवस्थापन गरियोस् ।'

सांसद कार्कीले यो कुराका लागि देशैभरिका महिला कर्मचारीहरुको मातृत्व अधिकार सुनिश्चित गर्न सम्पूर्ण सरकारी तथा निजी कार्यलयहरुमा कार्यविधि र नियमाबली अनुसार स्तन पान कक्ष र शिशु स्याहार कक्ष छ/छैन भन्ने बारे पनि अनुगमन गर्न आग्रह गरेकी थिइन् ।

रिलायन्स स्पिनिङ मिल्समा रहेका सुविधाका केहि तस्विरहरू

mills-kid-care-info-1720677625.jpg
mills-first-aid-care-info-1720677625.jpg
mills-care-info-1720677625.jpg
mills-woman-care-bed-1720677626.jpg
mills-woman-care-info-1720677626.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्