Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

आफ्नै कारण यसरी अपदस्त हुने अवस्थामा पुगेका रहेछन् प्रचण्ड, ओलीले खोलेका तथ्य के हुन्?

बिहीबार, असार २७, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदबाट आफ्नै कारण अपदस्त हुने स्थितिमा पुगेको तथ्य एमाले अध्यक्ष केपी शर्मा ओलीले खोलेका छन्। 

नेकपा एमालेको बैठकमा उनले सदस्यहरूसँग यो तथ्य खोलेका हुन्। प्रचण्डको सरकारलाई कुनै समस्या नरहेको स्थितिमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रमबाट फर्किएपछि व्यवाहार अलग देखिएको ओलीको बुझाई रहेछ। 

उनले बैठकमा भनेका थिए,‘हामीले सबैथोक दिएका थियौं। दाबी केही गरेका थिएनौं। तर भारतबाट फर्किनासाथ प्रचण्डले कांग्रेससँग मिल्ने, राष्ट्रिय सहमति गर्ने भन्ने थाले। उनले २०७९ पुस १० पछिको घटना दोहोराउने तयारी गरेछन्। कांग्रेसबाट थाहा पाएँ।’

सत्ता सहकार्य गरेको एमालेलाई जानकारी नै नदिई कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा समन्वयका लागि प्रचण्डले प्रस्ताव गरेको विषय चाल पाएपछि ओली एक कदम अगाडि बढेको बैठकमा खुलाए। 

‘कांग्रेसका नेताले हामीलाई प्रचण्डले गरेको प्रस्तावका विषयमा जानकारी दिए। प्रचण्डको यहि धोकाधडी गर्ने बानीलाई तह लगाउनका लागि शेरबहादुरजी र मैले मिलेर सरकार बनाउने सल्लाह गरेका हौं’, ओलीले थप खुलाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। 

प्रचण्ड भारतमा रहँदा मोदीसहित विदेशमन्त्री एस जयशंकरलगायतका नेपाल मामिला हेर्नेसँगको गहिरो भेटघाटमा पनि व्यस्त रहेका थिए। भारतीय पक्षले ओलीको सरकारमा सहभागीतालाई गतिलो मान्दैन। यसैकारण एमालेबाहेकको सरकार गठनका लागि प्रचण्डसँग प्रस्ताव गरेकाले कांग्रेससँगको सहकार्यबारेको नयाँ जानकारी सतहमा आएको हो। 

‘प्रचण्डले कांग्रेसलाई पनि धोका दिए। एमालेलाई पनि धोका भयो अनि उनको धोकालाई दुबै दलले सहेर बस्ने कुरा हुँदैन’, एक नेता भन्छन्। 

राष्ट्रपति निर्वाचनका बेला एमालेसँगको सहमति तोडेका प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा कांग्रेसलाई जिल खुवाएका थिए। 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्