Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ह्विप

बिहीबार, असार २७, २०८१
samridhi jewllers

काठमाडौँ- नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ।

भोलि बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा काँग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए। उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए।

काँग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्