Nic Ad Nic Ad
Nic Ad Nic Ad

मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग

बिहीबार, असार २७, २०८१

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्न माग गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारबाही गर्न समेत माग गरेको छ ।

संघका प्रवक्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समिति सभापति थापा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा।दीपक काफ्लेलाई ९ बुँदे ज्ञापनपत्र बुधबार बुझाएको हो ।

शिक्षा ऐन, नियमावली, निर्देशिका र मापदण्डमा भएको शुल्क सम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी रकम उठाउने विद्यालयलाई कारबाही गर्न संघले माग गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्