Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

बिहीबार, असार २७, २०८१

काठमाडौं– बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।  बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्