नेभिगेशन
समाज विविध
बियोग

पत्नी सीता दाहाल खसेको एक बर्षपछि सत्ता बियोगमा प्रचण्ड

काठमाडौं– विहीबार बिहान बालुवाटार उदास देखिन्थ्यो। उपस्थित सबैका अनुहार मलिन्द्र थिए।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समेत पुगे। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका आँखामा उदास र तरेलीमा खस्न आँटेका आँसु थिए। 
गंगा दाहालको अनुहारको चमक गायब थियो। उदास–उदास मुद्रामा देखिन्थिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहारमा कुनै तेजस्वी भावभङ्गी थिएन। बरु भावुक जस्ता देखिन्थे। 

माओवादीका नेता–कार्यकर्ता बालुवाटारमा स्मृति सभामा सहभागी हुन पुगेका थिए। सबै उदास थिए। कारण हो, सीता दाहालको पहिलो स्मृति सभाको छोटो औपचारिक सभा। 

सीता दाहालको ठूलो तस्बिरमा माल्यार्पण गरी स्मृति सभालाई प्रचण्डले औपचारिकता दिएका थिए, भावुक मुद्रामा। 

माओवादी युद्धकालमा प्रचण्डसँग लामो समयसम्म हिँडेकी सीता रणनीतिक सल्लाहकार पनि मानिन्थिन्। उनकै साथ र सहयोगमा प्रचण्डले युद्ध हाँकेका थिए। सत्तामा पुगेका थिए। सत्ता चलायमान बनाएका थिए। 

बियोगको यो समयमा सुयोगको त कुरै छैन। पत्नी गुमाएको एक बर्षमा प्रचण्डले ठ्याक्क सत्ता पनि गुमाइसकेका छन्। कामचलाऊ भएका उनी शुक्रबार विश्वासको मत लिँदैछन्। 

जहाँ सत्तामा सहयात्रा गरेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले विश्वासको मत नदिनका लागि ह्वीप जारी गरिसकेका छन्। प्रचण्डका निम्ति सत्तायात्राको यो अर्को बियोगान्त कथा संयोगका रुपमा देखा परेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध