Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

बिहीबार, असार २७, २०८१

चितवन– चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ। उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ ।

samridhi jewllers

रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए। 

‘कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ’, उद्यमी श्रेष्ठले भने । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकताअनुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ । 

उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्