Nic Ad Nic Ad
Nic Ad Nic Ad

३२ क्विन्टल तस्करी प्रकरणमा धरौटी नबुझाएपछि ३ जना कारागार चलान

बिहीबार, असार २७, २०८१

काठमाडौँ- ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई कारागार पठाइएको हो ।

काठमाडौँ जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ सेढाई, कान्छा लामा र रुपक भण्डारीलाई पनि कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।सेढाईंसँग ५७ लाख, लामा र भण्डारीलाई जनही ९७ लाख रुपैयाँ धरौटी माग भएको यनले बताए । तर, धरौटी नबुझाएकाले उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको एसपी बोगटीले बताए । अरु थप १७ जना पनि पुर्पक्षका लागी थुनामा छन् ।

करिब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सोही प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधबारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्