Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ : गगन थापा

बिहीबार, असार २७, २०८१

बिराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि नेकपा एमालेसँग भएको सहमति सार्वजनिक गरिने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठनतिर गइसकेपछि मात्रै कांग्रेस–एमाले सहमति सार्वजनिक हुने बताए ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँगको सहमतिको इमान्दारीताका साथ पालना हुने पनि बताएका छन् ।

थापाले महामन्त्रीको रुपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने बताए । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा आउने त्रुटिलाई सच्याउन सबैको साथ र समर्थन आवश्यक रहने धारणा राखे ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने पनि बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्