Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभाको बैठक स्थगित

बिहीबार, असार २७, २०८१

काठमाडौँ- राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव काँग्रेस र एमालेले मिलेर पास गर्न खोजेपछि बैठक सुरु नै हुन नसकेको बताइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा कुरा मिलेन । अर्थमन्त्री वर्षमान पुनले पनि विपक्षीको संशोधन स्वीकार गर्न नसकिने सन्देश पठाएका थिए ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका छन् । अर्को बैठक ३० गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्