Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव

बिहीबार, असार २७, २०८१

काठमाडौँ– पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । पेट्रोलियम डिलरहरुले आन्दोलन चर्काएपछि कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

विभिन्न माग राख्दै पाकिस्तान पेट्रोलियम डिलर संघले आन्दोलन गरेको हो । उनीहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी असहज भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

शहरमा इन्धनको आपूर्ति सहज बनाउन आफूहरूले प्रयास गरिरहेको पाकिस्तान स्टेट आयल (पीएसओ) ले जनाएको छ । ट्यांकर ढुवानी गर्ने आयल ट्यांकर अनर एसोसिएशनका अध्यक्ष शाम्श शाहवानीलाई उद्धृत गर्दै पाकिस्तानको एआरवाई टेलिभिजनले जनाएअनुसार ऊर्जाकेन्द्र, रेलमार्ग र विमानस्थलजस्ता शहरका अत्यावश्यक पूर्वाधारमा पेट्रोलियम ढुवानी नियमित भइरहेको छ ।

पाकिस्तान सरकारले पेट्रोल अभावको समस्या समाधान गर्न आन्दोलनरत पेट्रोलियम डिलरहरुलाई वार्तामा बोलाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्