Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय

बिहीबार, असार २७, २०८१

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘मधेश प्रदेश सरकार हाम्रो प्राथमिकतामा छ । काँग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले हामीले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेका हौँ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्