Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोहोरो अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

बिहीबार, असार २७, २०८१

काठमाडौं- तीव्र उतारचढावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा रोकिएको हो ।

बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ ।

त्यसैगरी, कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १५ करोड २५ लाख ८१ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्