Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग बढ्यो : छानबिन समिति

बिहीबार, असार २७, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ ।

बिहीबार सिंहदरवारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरूले ध्यान नदिँदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउँदै नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए ।

बिहीबार समितिले अर्थ सचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतसँग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए ।

संविधानले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको विकृति, बचत अपचलन लगायतका समस्याको समाधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्