Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

बिहीबार, असार २७, २०८१

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

samridhi jewllers

बिहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्