Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी-पहिरोसहित विपद्‍‍बाट ज्यान गुमाउनेको संख्या ८८ पुग्यो

बिहीबार, असार २७, २०८१

काठमाडौं- गत जेठ २८ यता देशका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्‍बाट ८८ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार दिउँसोसम्म देशभर ८८ जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्