Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउदी एयरको जहाज अवतरण गर्दा आगो लाग्यो

बिहीबार, असार २७, २०८१

एजेन्सी - पाकिस्तानको पेसावरमा अवतरण गर्नुअघि साउदी एयरलाइन्सको विमानमा आगलागी भएको छ । पेसावरको बचा खान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको हो । तर पाइलटले उडानमा रहेका सबै २७६ यात्रुहरुलाई सुरक्षित रुपमा जहाजबाट बाहिर निकालेका छन् ।

साउदी अरेबियाको रियादबाट बिहीबार पेसावर आउँदै गरेको उडानमा २१ क्रु सदस्यहरुसहित २७६ यात्रु थिए । बाचा खान विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरका अनुसार साउदी एयरलाइन्सको जहाजमा धावन मार्गमा आगो लाग्नुअघि अवतरणको क्रममा टायरबाट धुवाँ निस्किएको देखिएको थियो । त्यसपछि लगत्तै अग्नि नियन्त्रकहरुको टोली विमानस्थलमा खटिएको थियो ।

साउदी एयरलाइन्सनका अधिकारीहरुले भने घटनाबारे विज्ञप्ति जारी गर्दै रियादबाट पेसावर जाँदै गरेको फ्लाइट नम्बर एसवी७९२ को विमानको टायर अवतरणको क्रममा धुवाँ निस्किएको र त्यसलाई तत्कालै नियन्त्रण गरिएको उल्लेख गरेको छ । साथै सबै यात्रुहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको पनि एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्