Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी श्रीमती नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर, ६ महिना कैद

बिहीबार, असार २७, २०८१

नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा गीता सोडारीलाई ६ महिना कैद सजाय तोकिएको छ । बिहीबार विशेष अदालतले उनलाई १० हजार रुपैयाँ जरिवानासमेत हुने सजाय सुनाएको हो । उनी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ७ असोज ०७९ मा मुद्दा दायर गरेको थियो । जसमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो । 

कैलालीको श्री शिव माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकका रुपमा कार्यरत सोडारीले जागिरका लागि नक्कली प्रमाणपत्र पेस गरेकी थिइन् । उनले भारतबाट एउटै तहका दुई वटा माध्यमिक उत्तीर्ण सरहका (कक्षा १०) प्रमाणपत्र ल्याएको भेटिएको थियो । 

अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १६(१) बमोजिम कसुर गरेको भन्दै इजलासले उनलाई कैद र जरिवानाको सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्