Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य बिमामा एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोकियो 

बिहीबार, असार २७, २०८१

स्वास्थ्य बिमा बोर्डले बिमामार्फत दिँदै आएको एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ । बोर्डले बिमामा रहेको सुविधा थैलीका सेवा सुविधाको परिमार्जित गर्दै नयाँ दर सार्वजनिक गरेको हो ।

samridhi jewllers

परिमार्जित गरिएको दररेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५०, शल्यक्रियामा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको हो । यसबाहेक, कतिपय सेवाहरू तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको हो ।

 नयाँ दररेट साउन १ गतेदेखि लागू गरिने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्